Banco Do Brasil रेमिट्यान्स कार्ड के हो ?
नेपाल स्थित Siddhartha Bank Limited र जापान स्थित Banco do Brasil को सहकार्यमा यो सेवा जापानमा रहेका नेपालीहरुका लागि उपलब्ध गरिएको हो। यस सेवा मार्फत तपाईंले जापानबाट नेपालमा सजिलै संग रेमिटयान्स पठाउन सक्नु हुनेछ|
जापानमा रहेको Seven Eleven,Seven Eleven Bank, JP Post Bank, Sumitomo र AEON Bank हरुका ७५,००० + ATM टर्मिनलहरुबाट यो कार्ड प्रयोग गरी तपाईंले नेपालमा आफ्नो प्रियजनहरुलाई पैसा पठाउन सक्नुहुनेछ।

Banco Do Brasil को कार्ड कसरी प्राप्त गर्ने ?
-
आबस्यक कागजातहरु
Option 1. Zairyu Card + My Number Card + Passport
Option 2. Zairyu Card + Certificate of Residence (Juminhyo) with My Number
Option 3. Zairyu Card + My Number Card Notification Card
- आवेदन फारम भर्नुहोस्।
- भरिएको आवेदन फारम र दुई परिचय कागजातहरुको प्रतिलिपि जापानमा रहेका Banco do Brasil को शाखाहरूमा बुझाउनुहोस् वा मेलबाट पठाउनुहोस्।
- उक्त प्रक्रिया पस्चात तपाईंले आफ्नै निवासमा वा Banco do Brasil का शाखाहरूमा कार्ड तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ।
Banco Do Brasil मार्फत नेपालमा पैसा कसरी पठाउने ?
पहिलो तरिका
- Banco do Brasil को रेमिटयान्स कार्ड माथि दिएका बैंक मध्ये कुनै एटीएममा हाल्नुहोस्।
- पैसा पाउने प्रापकको नाम ठेगाना र बैंक खाताको विवरण उल्लेख गर्नुहोस्।
- सबै विवरण हालिसकेपछि Submit गर्नुहोस्।
- अब नेपालमा प्रापकको उल्लेखित खातामा पैसा प्राप्त गर्न सक्नुहुनेछ।
अर्को तरिका
- जापानमा Banco do Brasil का शाखाहरूमा गएर पनि रेमिटयान्स पठाउन सक्नुहुनेछ।
(तपाईंले उपलब्ध गराउनु भएको व्यक्तिगत जानकारीको को आधारमा Banco do Brasil र Siddhartha Bank ले रेमिटयान्स कार्ड कसरी प्राप्त गर्ने र कसरी प्रयोग गर्ने भने जानकारी दिनको लागि तपाईंलाई सम्पर्क गरी सहयोग गर्न सक्नेछ ।)
Nepal
